२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

२ साउन, काठमाडौं । रुपन्देही, कैलाली र गुल्मीमा डुबेर तीन जनाको मृत्यु भएको छ । रूपन्देहीको देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय सुमन थापाको आइतबार मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने ९ वर्षीया आयुशा ठकुल्लाको घर नजिकै रहेको कटनी नदीमा डुबेर आइतबार मृत्यु भएको छ ।

नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ पिपलडाँडा बस्ने नवराज शर्माकी छोरी एक वर्षीया अर्जिका शर्माको आल्मुनियमको बाल्टीमा डुबेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा भाडा–वर्तन धुन राखेको बाल्टीमा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार १२:२५