२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एन्फा कार्यसमिति बैठक बस्दै

२ साउन, काठमाडौं । पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज (सोमबार) कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक ३ बजेलाई डाकिएको छ । विविधसहित १२ बुँदामा एजेन्डा राखिएको छ ।

जसमा बिबादिद नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा छन् । पछिलो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन् । तीन समूहलाई समेट्दै गर्ने नियुक्तिनै कठिन छ । सिइओ, प्रवक्ता, तीन सहमहासचिब, मानार्थ अध्यक्षसहित विभिन्न पदमा आज नियुक्ति हुदै छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार ११:१२