युक्रेनमा भएको सैन्य कारबाहीको निन्दा गर्ने रुसी पत्रकार हिरासतमा
२ साउन, किभ । युक्रेनमा भएको सैन्य कारबाहीको निन्दा गर्ने एक रुसी पत्रकारलाई हिरासतमा राखिएका छ । रुसी प्रहरीले पत्रकार मारिना ओभ्स्यानिकोभालाई हिरासतमा लिएको हो । उनले मार्चमा एउटा लाईभ टीभी प्रसारणमा युक्रेनमा भएको रुसी हमलाको निन्दा गरेका थिइन् ।
उनको हिरासतबारे कुनै आधिकारिक बयान दिइएको छैन । युक्रेनमा रुसी हस्तक्षेप र राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै क्रेमलिन नजिकै प्लेकार्ड बोकेर एक्लै प्रदर्शन गरेको केही दिनपछि उनी पक्राउ परेकी हुन् ।
‘मरिनालाई हिरासतमा राखिएको छ’ उनका कर्मचारीले टेलिग्राम सन्देशमा भने, ‘उनी कहाँ छिन् भन्ने कुनै जानकारी छैन ।’ उनलाई दुई जना प्रहरी अधिकारीले एउटा सेतो भ्यानमा राखेर लगिएका तीन ओटा तस्बीर सार्वजनिक भएका छन् । उनी पक्राउ परेका उनका वकिल दिमित्री जाखभातोभले पुष्टि गरेका छन् ।
प्रकाशित मिति : July 18, 2022 at 10:55 am









