२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अजित डोभलसँग दुई घण्टा एक्लै छलफल गरेँ : प्रचण्ड

१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताएका छन् । तीनदिने भारत भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले डोभलसँग लामो छलफल गरेको बताए ।

डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी भएको उनले बताए। उनले उक्त भेटमा आफूले नेपाल र भारतका विषयमा धेरै कुरा उठाएको दाबी पनि गरे । प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि लामो भेट भएको बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार १९:३०