२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अष्ट्रेलिया जाँदै प्रधानसेनापति शर्मा

१ साउन, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । ९-११ साउनमा सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् । ३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशकाे भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार १५:०८