२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सौन्दर्यकला व्यवसायी संघ भक्तपुरमा समिता ध्वजू

१ साउन, भक्तपुर । सौन्दर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको अध्यक्षमा समिता ध्वजू चुनिएकी छन् । संघकाे १५औं वार्षिक साधारणसभा तथा पाँंचौ अधिवेशनबाट ध्वजूको अध्यक्षतामा १५ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा रेश्मा प्रधान, सचिवमा अनिता व्याञ्जु, सहसचिवमा मुना राउत, कोषाध्यक्षमा बसन्ती त्वायना र सहकोषाध्यक्षमा अस्मिता श्रेष्ठ चुनिएका छन् । यस्तै सदस्यहरूमा चण्डिका ज्यापू, नरेश कारञ्जित, अनिता त्वाायना, शुभद्रा थापा, शर्मिला दुमरु, दीपा ध्वजू र शान्ति सुवेदी चुनिएका छन् । समितिको सल्लाहकारमा मोहनप्रसाद प्रजापति छन् ।

यसअघि साधारणसभाको उद्घाटन सौन्दर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले गरेकी थिइन् । त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले सौन्दर्यकलाका विविध विषयमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार १४:२७