९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

भक्तपुरका एक सय ५८ स्काउटले पाए कोभिड–१९ सेवा पदक

३२ असार, भक्तपुर । भक्तपुरका एक सय ५८ स्काउटले कोभिड–१९ सेवा पदक पाएका छन् । नेपाल स्काउट बागमती प्रदेश स्काउटअन्तर्गत भक्तपुरका चार वटै स्थानीय स्काउट कार्यालयको आयोजनामा कोभिड–१९ नियन्त्रणमा स्वयंसेवी रुपमा सहभागी भएका भक्तपुरका स्काउट, स्काउटर एवं रोभर रेञ्जरहरू नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयबाट कोभिड–१९ सेवा पदक घोषणा गरी वितरण गरिएको हो ।

नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले सेवा पदक वितरण गरेका हुन् । कार्यक्रममा भक्तपुर जिल्लाभरिका स्काउट, स्काउटर र रोभर रेञ्जर स्काउटहरूसहित एक सय ५८ जना पदकबाट विभूषित भएका छन् ।

प्रकाशित मिति : July 16, 2022 at 12:46 pm