२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

३० असार, माले । देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १३:४२