२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जुम्लामा गिट्टी, बालुवा उत्खननको नियमित अनुगमन हुने

२९ असार, जुम्ला । जुम्लामा गिट्टी, बालुवाको अबैध उत्खनन रोक्ने र नियमित अनुगमन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिको पाँचौ जिल्ला सभाले गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न नियमित अनुगमनको निर्णय गरेको हो । जिल्ला समन्वयन समितिका प्रमुख गौरीनन्द आचार्यले अब नियमित अनुगमन हुने बताए । सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरतासहित ११ वटा निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार ०९:४५