सञ्चारमन्त्री कार्कीद्वारा बकर इदको शुभकामना
२६ असार, इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बकर इद पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । सुनसरी सदरमुकाम इनरुवा आएका मन्त्री कार्कीले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका हुन् । मन्त्री कार्कीले यस पर्वले सबैलाई सुखशान्ति र समृद्धि प्रदान गर्नुका साथै पर्वले समाजलाई एकताको सूत्रमा बाँध्नका लागि प्रेरणा प्रदान गरोस भनी कामना गरेका छन् ।
त्यसैगरी बकर इदका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, सङ्घीय सांसद सीताराम मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिमकुमारी भगत लगायतले सबैमा शुभकामना दिएका छन् ।
प्रकाशित मिति : July 10, 2022 at 1:46 pm









