२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जोखिम श्रेत्रमा रहेका श्रमिकका मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री कुँवर

२५ असार, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा काम गर्ने श्रमिकले उठाएका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताउनु भएको छ । शनिबार नेपाल इलेक्ट्रिसियन संघको कार्यक्रममा बोल्दै उहाँले इलेक्ट्रिसियन क्षेत्र धेरै जोखिम हुने क्षेत्र भएकाले त्यहाँका श्रमिकलाई साम्बोधन हुने गरी काम गर्ने बताउनु भएको हो ।

उहाँले आफु सधै श्रमिकको न्यायको पक्षमा भएकाले उनीहरुका समस्या, पिडा र सुरक्षाका लागि सधै तयार रहेको बताउनु भयो । साथै उहाँले यो प्राविधिक सीप बोकेर सधै विद्युतसँग लुकामारी गर्ने जोखिम युक्त काम भएकाले इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने कामदारको हितार्थ लाग्ने बताउनु भएको छ ।

उहाँहरुका मागलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने व्यक्तिहरुको प्रतिष्ठा समाजमा जुन रुपमा पुग्नु पर्ने हो सो नभएको भन्दै उहाँले आफुले समाजले गर्ने व्यवहार परिवर्तनका लागि पनि पहल गर्ने बताउनु भयो । २०६४ सालमा स्थापना भएको संघले स्वदेश तथा विदेशमा काम गर्ने सम्पुर्ण ईलेक्ट्रिसियनलाई सहयोग तथा तालिमको व्यवस्था गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार २०:१३