२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

केरुङे खोलामा डुबेर एक बालकको मृत्यु

२५ असार, पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा कावासोती-५ निवासी नवलसिंह झेडी रहेका छन् । नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका-५ केरुङे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार उनको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल लगेको भए पनि स्वास्थ्यकर्मीले बालकलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार १९:०५