सशस्त्र प्रहरीको महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा पत्रकार आचार्य पक्राउ
काठमाडौं । सशस्त्र प्रहरीको महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा पत्रकार गणेश आचार्य पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त स्वयम्भुले आचार्यलाई बिहीबार स्वयम्भुको सानोभर्याङबाट पक्राउ गरेको जनाएको छ । प्रहरी वृत्त स्वयम्भुका प्रमुख डिएसपी मिलन केसीले पत्रकार आचार्य पक्राउ परेको जानकारी दिँदै शुक्रबार थप अनुसन्धानका लागि म्याद थप गरिएको जानकारी दिए ।
दाङ स्थायी घर भएका आचार्य दाङमै बसेर पत्रकारिता गर्छन । सशस्त्र प्रहरीको पीडित महिला कर्मचारीले दिएको उजुरीको आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भैरहेको डिएसपी केसीले बताएका छन । अनुसन्धानकै क्रममा रहेकाले थैरै कुरा भन्न नसकिने उनले बताएका छन ।
प्रकाशित मिति : July 8, 2022 at 2:12 pm









