२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

काठमाडौंको खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२३ असार, काठमाडौं । काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४५ बर्षीय दिपक केसी रहेका छन् ।

साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको मोटरसाइकल गएराती ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार ११:०७