४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

राष्ट्रपति रनिङ शिल्डकाे प्रथम उपाधि गोरखा नगरपालिकालाई

https://www.muktinathbank.com.np/online/loan-application

२२ असार, गोरखा । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा नगरपालिका पहिलो भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३१ कास्यसहित ७० पदक जित्दै गोनपा पहिलो भएको हो ।

गण्डकी गाउँपालिका दोस्राे भएको छ । ९ स्वर्ण, ११ रजत र १२ कास्य गरी ३२ वटा पदक जितेको गण्डकी दोस्राे भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ । ७ स्वर्ण, ११ रजत र १२ कास्यसहित ३० पदक जितेको बारपाक सुलिकोट गाउँपालिका तेस्राे भएको छ । यसैगरी धार्चे गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ८ कास्य गरी १३ पदक जितेको छ । सिरानचोक, सहिद लखन र आरुघाट गाउँपालिकाले बर्खाका कारण तयारी नपुगेको भन्दै प्रतियोगितामा सहभागिता जनाएनन् ।

प्रतियोगिताको एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले समापन गरेका हुन । खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । प्रतियोगितामा विजेता भएका ७७ जना खेलाडीहरूले गण्डकी प्रदेशस्तरीय प्रतियोगिता खेल्न पोखरा जाने भएका छन् ।

२३ र २४ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी छ । ‘कोरोनाका कारण दुई वर्षसम्म प्रतियोगिता गर्न सकिएन,’ जिल्ला अध्यक्ष बस्नेतले भने,‘छोटो तयारीका बाबजुत पनि हामीले बर्खाका बेलामा भएपनि सफलतापूर्वक प्रतियोगिता गरियो, यो ठूलो उपलब्धि हो ।’ जिल्लाबाट छनौट भएका खेलाडीहरूले प्रदेशमा उत्कृष्ण प्रर्दशन गरी केन्द्रमा समेत पुग्ने उनले आशा व्यक्त गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, ताइक्वान्दो, कबड्डी लगायतका विभिन्न खेल खेलाइएको थियो ।

प्रकाशित मिति : July 6, 2022 at 11:24 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/