२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

विम्स्टेकबारे पूर्व प्रधानमन्त्री भट्टरार्इको प्रतिक्रियाः प्रधानमन्त्री अोलीको प्रस्तुती सम्मानजनक

१४ भदाै, काठमाडाैँ । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टरार्इले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमस्टेक)को शिखर सम्मेलनकाबारेमा सकारात्मक प्रतिक्रिया दिएका छन ।

शिखर सम्मेलनकाे उद्घाटन सत्र सकिएसँगै ट्वीट गर्दै पूर्व प्रधानमन्त्री डा भट्टरार्इले सम्मेलनामा नेपालका प्रधानमन्त्री केपी शर्मा अोलीले दिएको मन्तव्य सम्मानजनक रहेको बताएका छन ।

उनले ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको मन्तव्यको पनि प्रंशशा गरेका छन । उनले लेखेका छन  ‘BIBSTECशिखरबैठकको सुरूवात राम्रै रह्यो!हाम्रा प्रमको प्रस्तुती सम्मानजनक रह्यो! मोदीजीले दर्जनभन्दा बढी कार्यक्रम घोषणा गरेर भारतको प्राथमिकताको राम्रै संकेत गर्नुभो!शेख हसिनाले बंगलादेशको विकास नीतिवारे लोभलाग्दो जानकारी दिनुभो! अरूको पनि ठीकै रह्यो।सैनिकअभ्यासमा जोड चाहिं पचेन !’

प्रकाशित मिति : 19:28