९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

रामेछापबाट काठमाडाैँ आउँदै गरेको बस दुर्घटना, ९ जनाको मृत्यु

२१ असार, काठमाडाैँ । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस सुनापति गाउँपालिका- २ हिलेदेविबाट काठमाडौं जाँदै गरेको लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको जानकारी दिए । पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको बताए । उनले गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : July 5, 2022 at 12:04 pm