बुद्ध धर्म बिम्स्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यमः प्रधानमन्त्री अोली
–पवित्रा मुडभरी
१४ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले बिम्स्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यम बुद्ध धर्म रहेको बताएका छन । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै ओलीले बिम्स्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यम बुद्ध धर्म हुने बताए ।
उनले यस क्षेत्रका देशलाई एक आपसमा जोड्न र पर्यटन विकासका लागि बुद्धिष्ट सर्किट महत्वपूर्ण रहेको धारणा पनि राखे । प्रधानमन्त्री अोलीले बिमस्टेक सदस्य राष्ट्रहरुको क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा जोड दिए । उनले चरम गरिबीले दुष्चक्रतिर डोर्याउने मात्रै होइन अमानवीय, अन्यायपूर्ण र घातक रहेको भन्दै बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री अोलीले बिम्स्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको बताए । ओलीले आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पुरा गर्न अन्तर्राष्ट्रिय समूदायको समर्थन र सद्भाव अावश्यक रहेको समेत बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको समेत स्पष्ट पारे । चाैँथाेँ विम्स्टेक सम्मेलनको अध्यक्षतासमेत गरिरहेका प्रधानमन्त्री ओलीले यसले दक्षिण एसिया र दक्षिण-पूर्वी एसिया समेत जोड्ने बताए ।
प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार १७:५७