९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक वृद्धको मृत्यु

२० असार, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा करेन्ट लागेर १ जना वृद्धको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : July 4, 2022 at 8:59 pm