२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

आठ करोड बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा पौडेलविरुद्ध मुद्दा

२० असार, काठमाडाैं । राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि छानबिन गरिएको थियो ।

पौडेलले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा अपनाएको देखिएको विभागले उल्लेख गरेको छ । विदेशी विनिमय कारोबार गर्न अनुमति नलिएको तथा गैरकानूनी क्रियाकलपा गरेको पाइएकाले रु आठ करोड २३ लाख २६ हजार ८०६ बराबरको बिगो कामय गरी आज मुद्दा दर्ता गरिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : July 4, 2022 at 8:15 pm