९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

हप्ता दिनमा हलेसीमा ४० हजार भेटी आम्दानी

२० असार, खोटाङ । हप्ता दिनको अवधिमा खोटाङको त्रिधार्मिकस्थल हलेसीमा ४० हजार भेटी आम्दानी भएको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा गत ११ असारदेखि १७ असारसम्मको अवधिमा ४० हजार ६५ रुपैयाँ भेटी आम्दानी भएको हो । यस अवधिमा हलेसीमा दर्शनार्थीले एक तोला चाँदी र ०.००५ तोला सुन चढाएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

संकलन भएको रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । हलेसीमा आएका दर्शनार्थी तथा पर्यटकले चढाएको रकमलाई गणना गरेर आम्दानीका रूपमा बाँधेर सार्वजनिक गर्ने गरिएको छ ।

प्रकाशित मिति : July 4, 2022 at 6:36 pm