२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

यु-२० साफ फुटबल : दोस्रो चरणमा ३० खेलाडी

१९ असार, काठमाडौं । यु-२० साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको दोस्रो चरणमा ३० खेलाडी छनोट गरिएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आइतबार युवा टिमका ११ खेलाडीलाई बाहिर राख्दै ३० सदस्यीय टिमको नाम सर्वाजनिक गरेका हुन् । भारतमा हुने साफमा अन्तिम २३ खेलाडी रहनेछन् । यसअघि ४१ जना खेलाडी बन्द प्रशिक्षणमा थिए । अब, टिममा तीन गोलकिपर, ११ डिफेन्डर, १२ मिडफिल्डर र चार फरवार्डसहित ३० खेलाडी रहनेछन् ।

प्रतियोगिता भारतको ओडिसामा हुनेछ । प्रतियोगितामा २५ जुलाईमा माल्दिभ्स, २७ जुलाईमा श्रीलंका, ३१ जुलाईमा भारतसँग खेल्नेछ । अन्तिम खेलमा भने २ अगष्टमा बंगलादेशको सामना गर्नेछ । शीर्ष दुई टिमले भने उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै यही टिमले यु–२० एएफसी कप खेल्नेछ । पहिलो खेलमा भुटानविरुद्ध १० सेप्टेम्बर, दोस्रो खेल कतारविरुद्ध १२ सेप्टेम्बर, तेस्रो खेल १४ सेप्टेम्बरमा बहराइन र चौथो खेल बंगलादेशविरुद्ध १८ सेप्टेम्बरमा हुनेछ ।

नेपाली टिमः

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियाथर शेख

डिफेन्डरः सौरभ कार्की, अकिव हाक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धामी, रोशन थापा, राज थोकर

मिडफिल्डरः अभिषेक वाइवा, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, प्रितम स्याङ्तान, सुगम सुवाल, मनज्ञ नकर्मी, आयुष घलान

फरवार्डः दीपेश राई, निराञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी

प्रकाशित मिति : १९ असार २०७९, आईतवार १५:०२