९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु

१९ असार, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँ बस्ने २१ वर्षीय करन सिंह ठगुन्नाको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ । भट्टाडबाट परिगाउँतर्फ जाने क्रममा खसेको पहिरोमा परी करिब ३५ मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : July 3, 2022 at 3:00 pm