उद्योग वाणिज्य संघ सिरहामा सारडाको प्यानल विजयी
१९ असार, सिरहा । जिल्ला उद्योग वाणिज्य संघ सिरहाको ३३ औं नगरसभाद्वारा आयोजित निर्वाचनबाट अध्यक्ष पदमा विकास शारडाको प्यानल विजयी भएकाे छ। निकटतम प्रतिस्पर्धी पशुति साहभन्दा २२६ मत बढी प्राप्त गर्दै सारडा प्यानलसहित विजयी भएका हुन्।
सारडाले एक हजार ५२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी साहले एक हजार ३०१ मत प्राप्त गरेको छ। निर्वाचन अधिकृत उद्धव हमालले मतगणना सकिसकेको र विकास सारडाको प्यानल विजयी भए पनि आधिकारीक घोषणा हुन बाँकी रहेको जनाए। संघको मतदान १७ असारमा भएको थियो।

प्रकाशित मिति : July 3, 2022 at 11:06 am









