१० मंसिर २०८३, बुधबार | Thu Nov 26 2026

बबरमहलमा कार दुर्घटना, तीन जना घाइते

https://www.muktinathbank.com.np/online/loan-application

१९ असार, काठमाडौं । काठमाण्डौको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।

घाईते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । घाईते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ । आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

प्रकाशित मिति : July 3, 2022 at 10:30 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/