९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा

१८ असार, बारा । गठबन्धनका शीर्ष नेताहरू बाराकाे निजगढमा पुगेका छन् । उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिवार निजगढ पुगेका हुन् । साे क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानमास्थाल बनाउने घाेषाणा गरेका छन् ।

निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्नी शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।

कार्यक्रममा प्रधानमन्नी शेरबहादुर देउवाले अहिले कम्तिमा दुई लेनकाे मात्रै भए पनि विमानस्थल बनाउनु पर्ने बताए । यसमा अरूले अवराेध गर्नकाे कुनै अर्थ नभएकाे पनि उनले बताए ।

प्रकाशित मिति : July 2, 2022 at 1:04 pm