९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

चितवनको कुमरोजमा बाघको आक्रमणबाट एक महिला घाइते

१८ असार,  चितवन । पुर्वि चितवनमा बाघको आक्रमणबाट आज फेरि एक महिला गम्भिर घाइते भएकी छन् । आज ( शनिबार ) विहान ८ बजेको समयमा खैरहनी नगरपालिका–१३ अन्र्तगत पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँसकाट्न गएकी स्थानीय सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङ घाइते भएकी हुन् ।

चितवन प्रहरीका अनुसार बाघको आक्रमणबाट गम्भिर घाइते भएकी गुरुङको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । पछिल्लो तीन महिनामा चितवनमा बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ भने चालु असार महिनामा मात्रै ३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : July 2, 2022 at 12:18 pm