२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रेम आलेले हटाएका नेपाल पर्यटन बोर्डका दुई सदस्यहरुलाई सर्वोच्चले काममा फर्कायो

१८ असार, काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले हटाएका नेपाल पर्यटन बोर्डका सदस्यद्धय नवाङ निमा शेर्पा र कृष्णकुमार साहलाई नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कार्यकाल बाँकी रहँदा नै तत्कालीन पर्यटनमन्त्री आलेले सदस्यद्धयलाई हटाउने निर्णय गरेका थिए ।

त्यसपछि सदस्यद्धय नवाङ निमा शेर्पा र कृष्णकुमार साह सर्वोच्च पुगेका थिए । सर्वोच्चले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनीहरूलाई काममा फर्काउने निर्णय गरेको हो । सर्वोच्चले सरकारसँग उनीहरूलाई हटाउनुको कारण माग गरेको छ । तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका तीन सदस्य चन्द्ररिजाल, शेर्पा र साह मध्ये दुई जनालाई आलेले हटाएका थिए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १७:१६