२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नवनियुक्त भारतीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

१६ असार, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन् । निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार १८:३४