१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

राजिनामा अघि बामदेव गाैतमका लागि भोट मागेर डोल्पाबाट फर्किए राज्यमन्त्री बुढा

१३ भदाै, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री धनबहादुर बुढा अन्ततः डोल्पामा मतदातासँग बामदेव गाैतमका लागि भोट मागेर फर्किएका छन । उनले नेकपाका सचिवालय सदस्य गाैतमका लागि डोल्पामा निर्वाचन लड्ने बातावरण तयार गरेर फर्केका हुन ।

अन्नपूर्ण पोष्टको अनलाइन संस्करणका अनुसार राजीनामा दिने या नदिने दोधारमा परेपछि गृहजिल्ला पुगेका उनी मतदाताको राय लिएर काठमाडौं फर्किएका हुन्। बर्दियाबाट आफ्नै कमजोरीले नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका नेता गौतमलाई नेकपाले डोल्पामा उठाउने चर्चा केही महिनादेखि चलिरहेको अवस्थामा राज्यमन्त्री बुढा राजीनामा दिने मनस्थिति बनाएर काठमाडौँ फर्किएका हुन् ।

तस्बीरः अन्नपूर्ण ।

बुढालाई राजीनामा गराएर वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरिसकेका छन् । मतदातासँगको परामर्शपछि उपनिर्वाचनका लागि राज्यमन्त्री बुढाले बामदेवका लागि भोट मागेर काठमाडौं फर्किएका हुन्।

अन्नपूर्णले लेखेको अगाडि लेखेको छ गृह जिल्लामा मतदाताको सुझाव लिन आएका बुढाले वामदेवका लागि भोट मागिदिँदै काठमाडौं फर्किएका छन्। स्थानीय तहमा विशेष कार्यक्रम गर्ने योजना छाडेर बुढा बिमस्टेक बैठकमा सहभागी हुन बिहीबार काठमाडौं फर्किएको उनका स्वकीय सचिव भीमबहादुर बुढाले जानकारी दिए।

जिल्ला बसाइका क्रममा उनलाई मतदाताले राम्रो सुझाव र सल्लाह दिएकको भन्दै आफु राजीनामा दिने मनस्थितिमा पुगेको राज्यमन्त्री धनबहादुर बुढाले बताएका छन् । ‘मैले गृह जिल्लामा मतदाताको राय लिएको छु, केन्द्रको निर्णय र मतदाताको राय अनुसार राजीनामा दिनेछु’, उनले भनेका छन् । राज्यमन्त्री बुडाले हाइप्रोफाइल शीर्ष नेता पाउनु डोल्पालीका लागि शौभाग्य भएको पनि दाबी गरे । बुढाले उपनिर्वाचनमा वामदेवलाई भोट हाल्न पनि मतदातालाई अनुरोध गरेका छन् । ‘हामीले वामदेव गौतमलाई जितायौं भने जिल्लाको मुहार फेरिनेछ, ढुक्‍क हुनुहोस्, पार्टीले घात गर्ने छैन’, उनले मतदातालाई फकाउँदै भने ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १८:२२