नेकपा नेतृत्वको काठमाडाैँकाे तारकेश्वर नगरपालिकाले बढेको सबै कर फिर्ता गर्ने
१३ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको काठमाडाैँकाे तारकेश्वर नगरपालिकाले बढेको सबै कर फिर्ता गर्ने भएको छ ।तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले नगरपालिकाले बढाएको कर फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन ।
नगरपालिकाकाले कर बढाएर आफूहरुको ढाड भाँच्ने काम गरेको भन्दै स्थानीयबासिन्दाले नगरपालिकामा नै पुगेर विरोध जनाएपछि मेयर बोहोराले बढेको कर फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । नगरको विकासका लागि रकम जुटाउन नगरपालिकाले कर बढाएको भन्दै मेयर बोहोराले सबैसँग समन्वय गरेर अघि बढ्ने बताए ।
प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १७:३५