९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

आजको तरकारी तथा फलफूलको मूल्य

१४ असार, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले मंगलबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ तोकेको छ । अदुवा ६५ रुपैयाँ, दसहरी आँप १०५ रुपैयाँ, मालदह आँप १०० रुपैयाँ, आभोकोडो ५२५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ५० पैसा, इमली १५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, कागती १३५ रुपैयाँ, किवि ५२५ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ र अकबरे खुर्सानी १२५ रुपैयाँ मूल्य तोकिएको समितिले जनाएको छ ।

त्यस्तै, लोकल गाजर ९५ रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, टनेल गोलभेडा ५२ रुपैयाँ ५० पैसा, लोकल सानो गोलभेडा ४७ रुपैयाँ ५० पैसा, राजमा सिमी ९५ रुपैयाँ, लोकल सिमी ५५ रुपैयाँ, घिरौला ३५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ २००० रुपैयाँ, डल्ले च्याउ ३१५ रुपैयाँ, जुनार २१० रुपैयाँ, झिगूनी २७ रुपैयाँ ५० पैसा, तोरीको साग ११५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३२० रुपैयाँ रहेको छ ।

यसैगरी न्यूरो प्रतिकेजी ५५ रुपैयाँ, परवर २७ रुपैयाँ ५० पैसा, पालुंगो साग ८५ रुपैयाँ, पिंडालू ४७ रुपैयाँ ५० पैसा, पुदीना २७५ रुपैयाँ, सुकेको भारतीय प्याज ३९ रुपैयाँ, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, लोकल बन्दा ६० रुपैयाँ, तने बोडी २५ रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, तने बोडी २५ रुपैयाँ, भटमासकोशा १४५ रुपैयाँ, भिण्डी १७ रुपैयाँ ५० पैसा र रायोको साग ५५ रुपैयाँ मूल्य रहेको छ ।

प्रकाशित मिति : June 28, 2022 at 10:57 am