२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

एनआरटीको टोली मलेसिया प्रस्थान

१३ असार, काठमाडौं । मलेसियाको पेनाङमा हुने टिवाइसी कप खेल्न जाने ३० सदस्यीय टोलीलाई न्युरोड टिम एनआरटीले सोमबार बिदाई गरेको छ । एनआरटीले मलेसियाको पेनाङमा २८ जुनदेखि दुई जुलाईसम्म हुने प्रतियोगितामा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टू क्लब कारोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ । लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्ने छ ।

एनआरटी सोमबार राति पौने नौं बजे नै मलेसिया प्रस्थान गर्ने क्लबले जानकारी दिएको छ । मलेसिया र थाइल्यान्ड भ्रमणका लागि एनआरटीले पाँच विदेशी खेलाडी सहित ३० सदस्यीय टिम प्रस्थान गरेको हो । यस्तै एनआरटीले रन्जित धिमाल, विशाल राई, सुभाष गुरुङ, छिरिङ गुरुङ, संजोक राई र रुमेश वर्ताैलालाई अन्य क्लबबाट अनुबन्धन गरेको छ ।

एनआरटी टिमः
रन्जित धिमाल (कप्तान) टोलो जे वेर्ट्रन्ट लान्ड्री, पुजन होना, आन्द्रे थिएरी वियिक वियिक, सरोज तामाङ, गौरव श्रेष्ठ, छिरिङ गुरुङ, सनम लिम्बु, विशाल राई, सुवास गुरुङ, विशाल तामाङ, अशोक थापा, मेसुके ओलोमोउ, निकोलस फर्नान्डेस, दिपेश घले, कृतिस रत्न छुन्जु, सन्जिब विष्ट, स्टेफेन समिर, सन्जोग राई, रुमेश बर्तौला,बिक्रम धिमाल

प्रकाशित मिति : June 27, 2022 at 6:54 pm