१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

दश क्रिकेटरलाई जिम्बु थकालीको छात्रवृत्ति

१३ असार, काठमाडौं । काठमाडौंमा सञ्चालनमा रहेको जिम्बु थकालीले १० युवा क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको छ । राजधानी स्थित बालुवाटारमा रहेको क्रिकेट एक्स्लिसेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीलाई थकालीले सहयोग गरेको हो । जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरका बीच छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर सम्मत भएको छ ।

एक्सिलेन्स सेन्टरका तर्फबाट संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभु शरण थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुरूप क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीहरूले जिम्बु थकालीको तर्फबाट एक वर्षको अवधिका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १६:१८