मन्त्रीको सपथः एउटै जिल्लावाट दुई मन्त्री
१३ असार, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लावाट प्रतिनिधित्व गर्ने अनुहार परेका छन् । पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङवाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ वाट र केसी दाङ–३ वाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन । एउटै जिल्लावाट दुईजनालाई मन्त्री बनाएको भन्दै नेकपा एसका निवर्तमान मन्त्रीहरुले आपत्ति जनाएपनि अन्ततः पार्टीको निर्णय अनुसार उनीहरुले आज सपथ लिन लागेका हुन ।
प्रकाशित मिति : June 27, 2022 at 10:16 am









