२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मेरो कार्यकालमा ९० प्रतिशत अंक ल्याएँः प्रेम आले

१२ असार, काठमाडाैं । पर्यटनमन्त्री प्रेम आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक हासिल गर्न सफल भएको बताएका छन् ।  राजीनामापछि आइतवार पत्रकार सम्मेलन गर्दै आलेले आफूले पर्यटन क्षेत्रको सुधारका लागि राम्रो काम गरेको र त्यसबाट भएको प्रगति सन्तोषजनक रहेको बताएका हुन् ।

उनले भने, ‘मैले प्रक्रियामा भन्दा परिणामलाई प्राथमिकतामा राखेँ । यदि मलाई कुनै पत्रकारले आफ्नो कामबाट कति सन्तुष्ट हुनुभयो भनेर सोधेमा मेरो उत्तर हुन्छ–९० प्रतिशत सफल भएको छु । बाँकी जनताले नै मूल्यांकन गर्नेछन् ।’

आफूलाई देश तथा विदेशमा रहेका नेपालीहरूले एक्सन मन्त्रीको उपमा दिएको भन्दै आलोले खुसी व्यक्त गरे । उनले भने, ‘असोज २२ गते यसै हलमा आयोजित स्वागत समारोहमा भनेको थिएँ, मेरो अघिपछि लागेर मलाई खुसी पार्न नखोज्नु । नभन्दै त्यस्तै अनुभव भयो । जो कागजमा मात्रै काम गर्थे, तिनीहरू सधैँ प्रेम आलेको निगरानीमा परे । मैले पीँधमा भन्दा टाकुरामा निगरानी गरेँ ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १८:१३