१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रदमा बुक क्लोज मिति तय

https://www.muktinathbank.com.np/online/loan-application

१२ असार, काठमाडौं । ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि २० असारमा बुक क्लोज गर्ने भएको छ । १९ असारसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रकाशित मिति : June 26, 2022 at 11:26 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/