२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घट्याे

११ असार, काठमाडौँ । डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गर्दै सरकारले मूल्य घटाउने निर्णय गरेकाे छ । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको हाे ।

शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए । मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार १२:५१