९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

गणपुरक संख्या नपुगेपछि विदुर नगरपालिकाको प्रथम अधिवेशन स्थगित

१० असार, नुवाकोट । नुवाकोटको विदुर नगरपाालिकको दोस्रो नगरसभाको पहिलो अधिवेशन गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको नगरसभा सुरू हुनुपर्ने समयमा नगरप्रमुख राजनलाल श्रेष्ठले गणपुरक संख्या नपुगेका कारण सभा स्थगित भएको घोषणा गरे। उनले अर्को नगरसभा असार १४ गते जिल्ला समन्वय समिति नुवाकोटको सभाहलमा हुने घोषणा पनि गरे ।

नेकपा एमालेबाट निर्वाचित केही जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा स्थगित हुनपुगेको हो । ६७ सिटको नगरसभामा एमालेका ३७ जना प्रतिनिधि रहेका छन । श्वेतपत्रको नाममा नेकपा एमाले र पूर्व नेतृत्वकोविद्धमा नगरप्रमुख श्रेष्ठले विषवमन गरेपछि विदुरको अवस्था विग्रिएको छ ।

प्रकाशित मिति : June 24, 2022 at 10:54 am