२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

जबर्जस्ती करणी मुद्दामा दुई वर्षदेखि फरार युवक पक्राउ

८ असार, बारा । १६ वर्षीया बालिकालाई अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् । पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका-७ बरेवा टोल बस्ने गफार मियाका छोरा वर्ष १९ को इर्साद अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

अन्सारीसहित तीनजनाले ५ चैत २०७७ मा नाबालिकालाई कलैया उपमहानगरपालिका-१ बाट विभिन्न प्रकारका डर त्रास देखाएर अपहरण गरी भारतको लुधियाना भन्ने स्थानमा पुर्‍याएर बन्धक तुल्याई जबर्जस्ती करणी गरेको आरोप छ ।

जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसारसमेतको कसूर गरेको र अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदातपश्चात फरार रहेका अन्सारीलाई ३ असारमा कलैया उपमहानगरपालिका-५ बाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । अन्साररीलाई बारा जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशनुसार पुर्पक्षका लागि वीरगन्ज कारागारमा पठाइएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ११:४८