२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सर्पदंशबाट किशोरको मृत्यु

८ असार, दमक । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १०:४९