९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

तीर्थबहादुर पुन काँक्रेबिहार हाफ म्याराथुनका प्रथम

७ असार, सुर्खेत । अन्तर्राष्ट्रिय ओलम्पिक डे को अवसरमा सुर्खेतमा काँक्रेबिहार हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फ तीर्थबहादुर पुन प्रथम भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरको आयोजनामा काँक्रेबिहार हाफ म्याराथन प्रतियोगितामा पुन प्रथम भएका हुन् ।

वीरेन्द्रचोकबाट सुरु भएको म्याराथन दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचोकमै पुगेर सम्पन्न भएको प्रतियोगितामा २१ किलोमिटर दौडमा पुरुषतर्फ प्रथम तीर्थकुमार पुन, दोस्रो राजन रोकाय, तेस्रो चिनेबहादुर बुढा, चौथो खगेन्द्रबहादुर भाट, पाँचौं सुवास कार्की र छैटौं श्रीकाश राई विजयी भएका छन् । उनीहरूलाई क्रमस ७१ हजार, ४१ हजार, ३१ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर दौडमा विकास विक प्रथम, अजय विक दोस्रो र प्रकाश बुढा तेस्रो भएका छन् । महिलातर्फ विमला कार्की, निशा मल्ल र लक्ष्मी शाही विजयी भएका छन् । उनीहरूलाई पनि नगद पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

प्रकाशित मिति : June 21, 2022 at 11:41 am