१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

अोली समूहमा गुट बिलए गराएका माधव नेपाल फेरि गुटबन्दीमा, नेतृत्वमा भाग खोज्दै

१२ भदाै, काठमाडाैँ । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माअाेवादी केन्द्रेलार्इ एकीकरण गर्नुअघि नै अध्यक्ष केपी शर्मा अोली समूहमा अाफ्नो गुट बिलए गराएका वरिष्ट नेता माधवकुमार नेपाल फेरि गुटबन्दीमा लागेका छन ।

अाफ्नो संरक्षण खोजेर तल्ला तहमा गुट सञ्चालन गर्ने नेता कार्यकर्ताका लागि नेपालले फेरि एक पटक भाग खोज्न थालेका छन । सांगठनिक एकता प्रकिए एकपक्षीए भएकाे भन्दै नेपाल पक्षले परिवार भिन्न हुँदा अंश मागेको जस्तै भाग मागिरहेको छ । समाचार हरूमा अाएकाे विषयलार्इ सत्य मान्ने हो भने नेपाल समर्थक गुटले समानान्तर कमिटी गठन गर्ने चेतावनी समेत दिएको छ ।

माधव नेपाल गुटले नेतृत्वलार्इ एकताका नाममा भएका एकपक्षीय सहमति पुनर्विचार गर्न अाग्रह गरेको छ । ६६ जिल्लामा एकता कार्यदलले सहमतिमै टुंग्याएको विषयमा पनि माधव नेपाल समूहकाे भनेर ट्याग नलगेका नेता धेरै नपरेपछि फेरी गुटगत राजनीति सुरू भएको छ ।

माधव नेपाल समूहको ट्याग नलागेकाे व्यक्ति चाहिँ नेकपा नै हुनसक्दैन भन्ने शैलीमा भागवण्डा खोजेर समानान्तर समितिको चेतावनी दिनेकाम गतल भएकाे भन्दै एक नेताले भने ‘उहाँहरू अाफ्नै बलबुतालेमात्र यस्तो गर्दै हुनुहुन्न कसैको इशारामा पार्टीलार्इ अफ्ठेरो परेको समयमा थप अफ्ठेरो पार्ने योजनाका साथ लागि पर्नु भएको छ ।’

नेकपा एकीकरणको अन्तिम समयमा आएर आफ्नो पक्षलाई संस्थापन पक्षले बेवास्ता गर्न खोजेकोमा नेता नेपालले आपत्ति जनाउँदै माधव नेपाल गुटले जिल्ला र प्रदेशको नेतृत्वमा आफ्नो पक्षलाई समेट्न नेतृत्वलाई चेतावनी दिएको छ । नेपालले जिल्लाका साथै आफ्नो पक्षलाई दुुई प्रदेश प्रमुख दिनुपर्ने अडान राखेका छन । जसमा प्रदेश १ मा जगन्नाथ खतिवडा र प्रदेश ३ मा शेरबहादुर तामाङलार्इ नेतृत्व दिनुपर्ने नेपाल पक्षको भनाइ रहेको छ ।

प्रकाशित मिति : August 28, 2018 at 8:18 am