बुटवलको तिनाउ नदीमा शव फेला
६ असार, रुपन्देही । बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताउनुभयो ।
प्रकाशित मिति : June 20, 2022 at 12:06 pm









