२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा

६ असार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले १५ असारमा विशेष साधारणसभा आयोजना गरेको छ । कम्पनीको विशेष साधारणसभा काठमाडौंमा हुनेछ । गत २९ जेठमा बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।

बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारणसभा बोलाएको छ ।

सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले ८ मा बुक क्लोज गर्नेछ । जसअनुसार ७ असारसम्म कायम सेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १०:३७