२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

६ असार, काठमाडौं । काठमाण्डौ महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराती ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ ।

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रि.वि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो । टिपर सहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १०:३५