२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गुगलका सह–संस्थापक सर्गेई ब्रिनले गरे सम्बन्ध बिच्छेद

६ असार, न्युयोर्क । गुगलका सह–संस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्ध बिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए । सन् २०१८ को नोभेम्बर ७ मा बन्धनमा बाँधिएका यी दुईबीच सन् २०१५ मा देखभेट भएका थियो । सर्गेई ब्रिन र निकोल शानाहानको दुई वर्षकी छोरी छन् ।

क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीमा पेस गरिएको अदालतको फाइलिङअनुसार डिसेम्बर २०२१ मा दुवै अलग भएका थिए । बिया–इको फाउन्डेसनकी संस्थापक शानाहानले गर्भवती हुन धेरै संघर्ष गर्नु परेको बताएकी थिइन् । उनको संस्था वातावरणीय र सामाजिक न्यायका लागि समर्पित छ । सन् २०१८ मा दुई जनाले प्रजनन समस्याहरूमा समर्पित चिकित्सा अनुसन्धान फर्म बक इन्स्टिच्युटको सह–स्थापना गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १०:१५