२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गठबन्धनको बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं

५ असार, काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हाे ।

‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव आएको छ ।’ उनका अनुसार सोबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १४:३२