९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

पहिरोको कारण आज यी सडक छन् अवरुद्ध

५ असार, काठमाडौं । सिन्धुली, लमजुङ र तनहुँको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अक्करे भिरस्थित सडकमा शनिबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट हैवारबेशीबाट खटिएको प्रहरी टोलीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

लमजुङको बेशिसहर नगरपालिका–१ उदिपुरस्थित सडकमा आइतबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

तनहुँको भानु नगरपालिका–८ बलिफाँटस्थित सडक वर्षाको कारण आइतबार बिहान भासिँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रकाशित मिति : June 19, 2022 at 2:24 pm