२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

तीन जना अवैध लागूऔषध सहित पक्राउ

५ असार, काठमाडौं । कञ्चनपुर र सुनसरीबाट तीन जनालाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइनसहित २ जनालाई शनिबार साँझ प्रहीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका–९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका–२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन् । प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि भुडाबाट संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली बस्ने रित बहादुर राईलाई करिव दुई किलो अवैध लागूऔषध गाँजासहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष ससूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १४:१५